Like us!
Follow us!

नेप्सेमा २८ लाख ५६ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा २८ लाख ५६ हजार कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.८० काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (वैशाख २० गते, साेमबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608fcc9ca19e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।