Like us!
Follow us!

आईपीओ निष्काशनको तयारीमा रहेको आइएमई लाईफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?

आईपीओ निष्काशनको तयारीमा रहेको आइएमई लाईफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?

लगानी खबर, काठमाडौं - आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो आम्दानी ११४ प्रतिशतले धेरै हो । 

कम्पनीले गत वर्षको सोहि अवधिमा ८८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।  

चैत मसान्तसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ९ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ, भने जगेडा कोषमा ४५ करोड ५ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा रहेको छ । 

कम्पनी ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको छ । उक्त शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

608fc0c32e23f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।