Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको नाफा ५२.०६ प्रतिशतले बढ्दा बीमा शुल्क आम्दानी पनि बढ्यो

प्रिमियर इन्स्योरेन्सको नाफा ५२.०६ प्रतिशतले बढ्दा बीमा शुल्क आम्दानी पनि बढ्यो

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार कम्पनीले आकर्षण प्रगति गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२.०६ प्रतिशतले बढेर २८ करोड ९६ लाख २० हजार रुपैयाँ पुगेको छ छ । गत वर्षको यसैअवधिमा कम्पनीको यस्तो नाफा १९ करोड ४ लाख ५४ हजार रुपैयाँमा सीमित थियो । 

चैत मसान्तसम्म कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनाम यो आम्दानी ११.४१ प्रतिशतले धेरै हो ।अघिल्लो वर्ष यसले ५२ करोड ९६ लाख ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड ४५ लाख र जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३१ पैसाले बढेर वार्षिक ३५ रुपैयाँ ९४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ २२ पैसा छ । 

608faa7179361.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।