लगानी खबर, काठमाडाैँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) रु रु जलविद्युत परियोजना लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३५६ रूपैयाँमा भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।
आइतबार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 
कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका RURU संकेत प्रदान गरिएको छ । 
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।