Like us!
Follow us!

आरएसडिसी लघुवित्तको नाफा बढ्दा चम्किए अधिकांश सूचक

आरएसडिसी लघुवित्तको नाफा बढ्दा चम्किए अधिकांश सूचक

लगानी खबर, काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४०.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ४३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २८.१४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ६१ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि २३.८४ प्रतिशतले बढेर १० करोड ३८ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ, जगेडा कोषमा १३ करोड ८६ लाख ६५ हजार रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा र प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९० पैसा पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

608f7ef05676a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।