Like us!
Follow us!

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाशुल्क १३१.४२ प्रतिशतले बढ्यो

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाशुल्क १३१.४२ प्रतिशतले बढ्यो

लगानी खबर, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ७.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १३१.४२ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको छ । 
 

608f6f0b38726.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।