लगानी खबर, काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको वैशाख १९ गते आइतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ १० गते, सोमबारकम्पनीको प्रधान कार्यालय, हात्तीसार काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ । 
सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ८ प्रतिशतले आउने बोनस सेयर र ४६ लाख १४ हजार ४४२ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गरिनेछ ।  त्यसैगरी, लेखापरीक्षण परतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण तथा सो संबन्धित अनुसूचीहरुका साथै सेयर पूँजीमा भएको प्रतिवेदनमाथि छलफाल गारी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले वैशाख २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।