लगानी खबर, काठमाडौँ - सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ ।
आइतबार साँझ ५:१५ बजेसम्ममा १२ लाख ११ हजार ३ सय ४४ जना आवेदकले एक कराेड ८८ लाख ६४ हजार ३ सय २४ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४ कित्ता भन्दा ८.०५ गुणा बढी आवेदन हो ।
कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।