Like us!
Follow us!

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - आज (आइतबार) पनि सेयर बजारमा उमंग देखिएकाे छ । आज सेयर बजार भारी अंकले बढेको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे छ । नेप्से २.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ मा पुगेको छ ।

आज कूल २२६ कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बढ्दा पनि एभरेष्ट बैंकको अग्राधिकार सेयर, सनराइज म्युचुअल फण्ड, एनआईबिएल समृद्धि फण्ड-१, ग्लोबल आईएमई बैंक लिमिटेडको प्रोमोटर सेयर, नेपाल हाइड्रो डेभलपर्स, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी, गुडवील फाइनान्स कर्णाली डेभलपमेन्ट बैंक र ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।