Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सको नाफासँगै बीमाशुल्कमा पनि उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ?

सानिमा जनरल इन्स्योरेन्सको नाफासँगै बीमाशुल्कमा पनि उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको छ  ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ  । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा  धेरै हो  । गत वर्ष कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सिमित थियो  ।

सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क ५ करोड २९ लाख रुपैयाँले बढेर १३ करोड ८४ लाख पुगेको छ  । गत वर्ष कम्पनीले बीमाशुल्क वापत ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो  ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ७ करोड ५९ लाख रहेको छ  । त्यस्तै कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा रहेको छ  ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यसप्रकार छ :-
 

608e34c66a779.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।