Like us!
Follow us!

सबैको लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

सबैको लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौँ - सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२२.१३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७३.७८ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि १०८.२२ प्रतिशतले बढेर ८ करोड १३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ३१ लाख ८० हजार रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५ रूपैयाँ २३ पैसा र प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ३० पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

608e2f27c701c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।