लगानी खबर, काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ११२.६६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा ३ करोड २ लाख २५ हजार रुपैयाँमा सिमित थियो ।
त्यस्तै सो अवधिसम्म सञ्चालन नाफा पनि १५० प्रतिशतले बढेर ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ३ करोड १७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो।
हाल चुक्तापूँजी १० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोष १९ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।
गत माघमा मात्र सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।