लगानी खबर, काठमाडौँ - यस साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको छ ।
नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि घटेको छ । यस साता औसतमा दैनिक ५ अर्ब ४६ करोडको मात्र कारोबार भएको छ । 
त्यसैगरी, यस साता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ६०.९२ प्रतिशतका दरले,अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले ९.९२ प्रतिशतका दरले, गुडविल फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीहरूले ६.८४ प्रतिशतका दरले, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका शेयरधनीहरूले ६.५८ प्रतिशतका दरले, शिवम् सिमेन्टका शेयरधनीहरूले ५.९० प्रतिशतका दरले, ग्लाेबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ५.२१ प्रतिशतका दरले, नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ५.१३ प्रतिशतका दरले, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ५.११ प्रतिशतका दरले, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरूले ४.९३ प्रतिशतका दरले र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरूले ४.९२ प्रतिशतका दरले कमाएका छन् ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।