Like us!
Follow us!

एनएमबि लघुवित्तको ६ वर्षको लाभांश इतिहास, आईपीओ राख्ने सेयरधनी मालामाल !

एनएमबि लघुवित्तको ६ वर्षको लाभांश इतिहास, आईपीओ राख्ने सेयरधनी मालामाल !

लगानी खबर, काठमाडौं - पछिल्लाे समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ४ सय ८७ रूपैयाँ रहेकाे छ । 

संस्थाकाे ६ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ६ वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ र आर्थिक वर्ष २०७३/७४ मा २६.३२ प्रतिशत लाभांश (२५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७५/७६ मा १२.६३ प्रतिशत लाभांश (१२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

यस्ताे छ एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड​को ६ वर्षको लाभांश इतिहास :

१.  आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।