Like us!
Follow us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेड यस साता नेप्सेमा थपिएको नयाँ कम्पनी हो । योसहित नेप्सेमा यस साता ४ कम्पनीको सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार २ कम्पनीको बोनस सेयर एउटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

यस साता सूचिकृत भएकाे विवरण यस प्रकारकाे छ :

गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे ८.४ प्रतिशत बाेनस बापतकाे ६ लाख ७२ हजार कित्ता सेयर सूचिकृत 

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत

मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत 

समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर सूचिकृत 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।