Like us!
Follow us!

नबिल बैंकले युनाइटेड फाइनान्सलाई आफ्नो बनाउने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई आफ्नो बनाउने

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । 

आज एक कार्यक्रमकाबीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच १:०३५% सेयर अनुपातमा प्राप्ति गर्ने सहमति भएकाे हाे । याे सहमति अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

यी दुवै कम्पनीमा चौधरी समूहको लगानी रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।