लगानी खबर, काठमाडौँ - पछिल्लाे समय नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन गर्दै बढिरहेकाे छ । धेरै जसाे लगानीकर्ताहरू आईपीओकाे माध्यमबाट बजारमा भित्रिने गरेका छन् । आजकाल आईपीओप्रति लगानीकर्ताकाे आकर्षण बढ्दाे छ । हरेक कम्पनीकाे आईपीओ निष्कासन हुँदा लगानीकर्ताहरू झुम्मिने गरेका छन् । जुन कुरा हरेकपल्ट पर्ने मागभन्दा धेरै आवेदनकाे संख्याले पनि पुष्टि गर्दछ ।
आज हामी लगानीकर्ताको पर्खाइमा रहेका कम्पनीहरूको आईपीओकाे बारेमा लेख्दैछौँ । आज यहाँ कुरा गरिने ४ वटै कम्पनीहरू लगानीकर्ताको रोजाइमा परेका कम्पनी हुन् । उक्त कम्पनीहरूकाे आईपीओ लगानीकर्ताहरूले पर्खेर बसेका छन् । सबै कम्पनीहरू आकर्षक पनि छन् । यी ४ वटै कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइसकेका छन् र बाेर्डकाे स्वीकृतीका लागि पर्खेर बसेका छन् ।
तल उल्लेख गरिएका ४ वटा कम्पनीकाे आईपीओमध्ये २ वटा लघुवित्त कम्पनीहरू रहेका छन् । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्त कम्पनीहरूकाे सेयरमूल्य औसतमा १५ सयदेखि २ हजारमाथी छ । त्यसैले, यी २ लघुवित्तकाे आईपीओ हात पार्ने लगानीकर्ता मालामाल हुनेछन् । त्यस्तै, मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ठुलाे संख्यामा आईपीओ निष्कासन गर्दैछ । ठुलाे संख्यामा आईपीओ निष्कासन हुँदा पर्ने सम्भावना उच्च हुन्छ । डिस मिडिया नेटवर्क लिमिटेडकाे आईपीओ पनि लगानीकर्ताकाे राेजाइमा परेकाे छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे छ । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बाेर्डबाट अनुमति पाइसकेकाे छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वैशाख २१ गतेदेखि प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ । उक्त सेयर बाँडफाँड भएपश्चात् दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।