Like us!
Follow us!

स्वरोजगार लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

स्वरोजगार लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले ११ करोड २६ लाख ५३ हजार खुद नाफा आर्जन गरेको छ ।यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४ करोड ६४ लाख ६७ हजार रुपैयाँले धेरै हो । गत अवार्शिको सोहि अवधिमा संस्थाले ६ करोड ६१ लाख ८६ हजार नाफा कमाएको थियो ।

त्यस्तै सो त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो आम्दानी ९ करोड ४९ लाख ५२ हजार रुपैयाँले धेरै हो । गत्त वर्षको सोहि अवधिसम्म संस्थाको यस्तो आम्दानी १३ करोड ५७ लाख ६३ हजारमा सिमित थियो ।

हाल संस्थाको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार रहेको छ भने जगेडा कोषमा १६ करोड ५२ लाख ८८ हजार रहेको छ ।

संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेको छ ।

608b97d399ce9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।