Like us!
Follow us!

सेयर टिप्स : अक्सन सेयर के हाे ? यो सेयरमा कसरी लगानी गर्ने ?

सेयर टिप्स : अक्सन सेयर के हाे ? यो सेयरमा कसरी लगानी गर्ने ?

अक्सन सेयर भनेको के हो ?

कुनैपनी कम्पनीले निष्कासन गरेको हकप्रद सेयर विविध कारणले गर्दा सबै बिक्री हुँदैन । बिक्री नभएको हकप्रद सेयर वा अन्य सेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन्  । यसरी बोलकबोलमार्फत बिक्री गर्ने सेयरलाई अक्सन सेयर भनिन्छ ।

पछिल्लो समय धेरै कम्पनीहरूले चुक्ता पुँजी पुर्याउन अत्यधिक मात्रामा  हकप्रद सेयर निष्कासन गरेका हुन्छन् । उक्त हकप्रद सेयर विविध कारणले पूरै बिक्री नभएर बोलकबोल मार्फत बिक्री गरिनेछ ।

कसरी गर्ने अक्सन सेयरमा आवेदन ?

प्राय अक्सन सेयर खरिद गर्न आवेदन फारम कम्पनीले नियुक्ति गरेको इस्यु म्यानेजरको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक फारमको रु १०० शुल्क लाग्दछ । कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु आवेदनसँग संलग्न गर्नुपर्ने हुन्छ । खरिद गर्न चाहेको सेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनुपर्ने हुन्छ अथवा फारमसँगै गुड फर पेमेन्ट चेक बुझाउनुपर्ने हुन्छ ।

बोलकबोलमा कसरी छानिन्छ आवेदन ?

बोलकबोलमा सेयरमूल्य निर्धारण गर्दा पहिला उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछिको कमका लागि सेयर छुट्याउँदै गइन्छ । यसरी सेयर छुट्याउँदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने पूरै सेयर सकिन्छ, त्यसलाई कट अफ रेट भनिन्छ ।

बोलकबोलका सेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य बोली लगाउने लगानीकर्तालाई नै माग गरे बमोजिमको सेयर दिइन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर सेयर बाँडफाँट गरिन्छ । सेयर नपरेका लगानीकर्ताहरुलाई सात दिनभित्र रकम फिर्ता गरिन्छ ।

अक्सन सेयर खरिद गर्दाका फाईदाहरू :

- लगानीकर्ताले संस्थाबाट नै सिधा सेयर खरिद गर्ने भएकाले ब्रोकर कमिसन र सेवोन कमिसन तिर्नु पर्दैन ।

- छिट्टै बजारमा लिस्ट हुन्छ ।

- बजारबाट एकैपटक ठूला ठूला सेयर कित्ता खरिद गर्न निक्कै गाह्रो हुन्छ, तर अक्सन सेयर सजिलै ठूलो भोल्युममा खरिद गर्न सकिन्छ ।

भिडियाे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।