Like us!
Follow us!

नाडेप लघुवित्तको वार्षिक सभा जेठ ७ गते, यस्ता छन् पारित हुने एजेण्डा

नाडेप लघुवित्तको वार्षिक सभा जेठ ७ गते, यस्ता छन् पारित हुने एजेण्डा

लगानी खबर, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको गत वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ७ गते काठमाडौंको नागार्जुनस्थित रानीवन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहित नाफा-नोसान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।

यसका साथै २०७७/७७ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ 
त्यसैगरी. संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना परिवर्तन गरी ५१:४९ गर्ने विशेष प्रस्ताव पारित  गरिनेछ । हाल संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०:३० रहेको छ।

गत पुस १६ गतेदेखि नै यो लघुवित्तको सेयर कारोबार रोक्का रहेकोले वार्षिक साधारणसभा सेयर दाखिला खारेज बन्द यथावत हुने कम्पनीले जनाएको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।