Like us!
Follow us!

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो नि:शुल्क डेलिभरी

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो नि:शुल्क डेलिभरी

लगानी खबर, काठमाडौं – नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ। 

'यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक बस्तुको होम डेलिभरी सुरु गरिएको हो।' ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्का थप्छन् 'स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौँ ।

काठमाडौ उपत्यकामा २४ घण्टा भित्र  नि:शुल्क होम डेलिभरी गरिने खड्काले बताएका छन् । 

एक वर्ष अगाडी लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मुल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जितेको थियो।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।