Like us!
Follow us!

फस्र्ट माइक्रोफाइनान्सले गर्यो लाभांश दिने घोषणा

फस्र्ट माइक्रोफाइनान्सले गर्यो लाभांश दिने  घोषणा

लगानीखबर, काठमाडौँ- फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ । 
नेपाल राष्ट्र बैंकको स्वकृति पश्चात हिजो भाद्र १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १६८ औं बैठकको निर्णय अनुसार आगामी बार्षिक साधाराण सभा बाट पारित गर्ने गरी लाभांश वितरण गर्ने प्रस्ताव स्वकृत गरेको संस्थाले जनाएको छ ।
संस्थाको कुल चुक्ता पुँजि ८० करोड ७ लाख ४० हजार ७ सय ४६ मध्ये ९.५० प्रतिशत बोनस शेयर जसको प्रतिफल ७ करोड ६० लाख ७० हजार ४ सय ५४ हुन्छ, त्यस्तै ४.१८४२ प्रतिशत नगद लाभांश अर्थात ३ करोड ३५ लाख ४ हजार ६ सय ८३ प्रतिफल गरेर कुल लाभांस १३.६८४२ प्रतिशत अर्थात १० करोड ९५ लाख ७५ हजार १ सय ३७ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।