लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।
बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रूपैयाँले नै बढेर प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।