Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

लगानी खबर, काठमाडौँ - यस साताको अन्तिम कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.९३ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ३.१० अंकले बढेर ४६८.२२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा २५ कम्पनीको ७ हजार ३ सय १ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ लाख ८८ हजार २ सय ७४ रुपैयाँको कारोबार भएकाे छ । २५ वटा कम्पनीको कारोबार भएकाेमा १७ वटा कम्पनीकाे बढेको छ, एउटा कम्पनीकाे स्थिर छ र ७ वटा कम्पनीकाे घटेकाे छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ मा पुगेकाे थियाे ।

608a40e531a2b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।