लगानी खबर, काठमाडौँ - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे १९औं वार्षिक साधारण सभा जेठ २ गते बाराको होटल इच्छा, सिमरामा हुनेछ । सभामा कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।