Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको लाभांश कहिले पारित हुन्छ ?

प्रभु इन्स्योरेन्सको लाभांश कहिले पारित हुन्छ ?

लगानी खबर, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको वैशाख १५ गत्रे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्यअन्तर्गत ‘सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ थप गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले वैशाख २५ गतेसम्म कायम सेयरधनीहरुमा मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

608a3bcda5478.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।