Like us!
Follow us!

सिभिल लघुवित्तको नाफा २७९.८६ प्रतिशतले बढ्यो, अन्य सूचक पनि सकारात्मक

सिभिल लघुवित्तको नाफा २७९.८६ प्रतिशतले बढ्यो, अन्य सूचक पनि सकारात्मक

लगानी खबर, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले आकर्षक प्रगति गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  संस्थाले गत वर्षको यसै अवधिको तुलनामा २७९.८६% ले खुद नाफा आर्जन गरको हो  । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

त्यसैगरी, सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९७.३८% ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाको यस्तो आम्दानी ५ करोड ९२ लाख २४ हजार सिमित थियो ।
यस्तै, सिभिलको सञ्चालन नाफा पनि ६५६.९५% वृद्धि हुँदै ७ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो नाफा ९३ लाख १८ हजार रुपैयाँ मात्र  थियो । 
हाल चुक्ता पुँजी २३ करोड ३९ लाख ३४ हजार रहेको संस्थाको रिजर्भ कोष ११ करोड २८ लाख ९३ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७१ रहेको छ।सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले आकर्षक प्रगति गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  संस्थाले गत वर्षको यसै अवधिको तुलनामा २७९.८६% ले खुद नाफा आर्जन गरको हो  । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

त्यसैगरी, सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९७.३८% ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाको यस्तो आम्दानी ५ करोड ९२ लाख २४ हजार सिमित थियो ।
यस्तै, सिभिलको सञ्चालन नाफा पनि ६५६.९५% वृद्धि हुँदै ७ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो नाफा ९३ लाख १८ हजार रुपैयाँ मात्र  थियो । 
हाल चुक्ता पुँजी २३ करोड ३९ लाख ३४ हजार रहेको संस्थाको रिजर्भ कोष ११ करोड २८ लाख ९३ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७१ रहेको छ।

608a35e3b4b92.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।