Like us!
Follow us!

एनआईबिएल समृद्धि फण्ड-२ मा आवेदन दिने आज अन्तिम मौका

एनआईबिएल समृद्धि फण्ड-२ मा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडाैँ - एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, साेमबारदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज (वैशाख १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे ।

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।