लगानी खबर, काठमाडौँ - अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएकाे छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३४८.१५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५१ करोड ६९ लाख ३५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १३४.८४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ५७ लाख ६० हजार रूपैयाँ रहेकाे छ । तेश्राे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०९ पैसा पुगेको छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ पनि ११२ रुपैयाँ ९८ पैसा पुगेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे तेश्राे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।