Like us!
Follow us!

भर्खरै सबैभन्दा ठूलो आईपीओ ल्याएको निफ्राको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

भर्खरै सबैभन्दा ठूलो आईपीओ ल्याएको निफ्राको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज विहिबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा १.२४ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि झिनो अंकको वृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि १.०१ प्रतिशतले वृद्धिभएर ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । 
यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ९२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ०.८१ प्रतिशतले बढेर ९३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै बैंकको सञ्चालन मुनाफामा पनि सामान्य बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ८३ करोड ४ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतले बृद्धि भएर ८३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा सामान्य वृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेकोमा अहिले त्यो १ रुपैयाँ ४५ पैसाले घटेर ५ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ११६.६ गुणा रहको छ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ ।  

आईपिओ जारीसँगै बैंकको चुक्ता पूँजी बढेर चैत मसान्तसम्ममा २० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ४५.९२ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

608a1de5db228.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।