Like us!
Follow us!

सेन्चुरी कमर्सियल बैंकको नाफामा ६०.८९ प्रतिशतले गिरावट

सेन्चुरी कमर्सियल बैंकको नाफामा ६०.८९ प्रतिशतले गिरावट

सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  ।  
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको छ ।गत वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफामा ६०.८९ प्रतिशतले गिरावट आएको हो । अघिल्लो वर्षको  यसै अवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी २ अर्ब २५ करोड रहेको थियो ।

त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो नाफा १ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी ९ अर्ब ३ करोड रहेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :-

60893b9a73a7b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।