लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाडौँ लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३३.८७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १८ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ८७ कराेड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म बैंककाे सञ्चालन नाफा पनि ३५ प्रतिशतले बढेर एक अर्ब ६७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ४१ करोड रुपैयाँ र प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।