Like us!
Follow us!

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

लगानीखबर काठमाडौं, आज (बिहिबार) नेपाली बजारमा एक सातादेखि लगातार गिरावट आएको  सुनको मूल्य आज भने उकालो लागेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ८ सय रूपैयाँले बढेर  प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।