Like us!
Follow us!

रिलायन्स फाइनान्सकाे साधारण सभाकाे स्थान परिवर्तन

रिलायन्स फाइनान्सकाे साधारण सभाकाे स्थान परिवर्तन

लगानी खबर, काठमाडाैँ - रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।

यसअघि लैनचौर बैंक्वेट, लैनचौर, काठमाडाैँमा गर्ने भनिएकाेमा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे हुनाले अब फाइनान्सकाे मुख्य कार्यालय प्रर्दशनीमार्गमा भिडियाे कन्फ्रेन्स मार्फत् हुने भएकाे हाे । 

फाइनान्सकाे एघारौँ वार्षिक साधारण सभा वैशाख २२, बुधबार हुनेछ । सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608921ee2db0a.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।