Like us!
Follow us!

स्टान्डर्ड चार्टर्ड बैंकको नाफामा ३४.३३ प्रतिशतले गिरावट, ईपीएसमा पनि घट्यो

स्टान्डर्ड चार्टर्ड बैंकको नाफामा ३४.३३ प्रतिशतले गिरावट, ईपीएसमा पनि घट्यो

लगानी खबर, काठमाडौं - स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३४.३३ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको थियो । 

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३. प्रतिशतले घटेर १ अर्ब ८३ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी सो अवधिसम्म बैंकको सञ्चालन नाफा १ अर्ब ६९ करोड ३० लाख रुपैयाँ रहेको छ । गत वर्षको तुलनमा ३४.४५  प्रतिशतले गिरावट आएको छ । गत वर्षको सोहि अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ८० करोड २५ लाख रहेको थियो ।
 
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ५९ पैसाले घटेर वार्षिक १८ रुपैयाँ ४१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ९५ पैसा छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।