Like us!
Follow us!

लक्ष्मी बैंकको नाफा १८.१७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?

लक्ष्मी बैंकको नाफा १८.१७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिभन्दा १८.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८ करोड ९९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य नाफा यो वर्ष ८४ करोड १६ लाख ३९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा  १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ  । अघिल्लो वर्ष नाफा १ अर्ब ५६ करोड ७५ लाख रहेको थियो ।

खुद ब्याज आम्दानी २ अर्ब ३५ करोड २६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी  २ अर्ब ६१ करोड रहेको थियो ।

बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०२ पैसा छ ।

608912ec65d2c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।