Like us!
Follow us!

एनआईबिएल समृद्धि फण्ड-२ मा लगानीकर्ताको आकर्षण : २ दिनमै बिक्यो ८७ प्रतिशत

एनआईबिएल समृद्धि फण्ड-२ मा लगानीकर्ताको आकर्षण : २ दिनमै बिक्यो ८७ प्रतिशत

लगानी खबर, काठमाडाैँ - एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, साेमबारदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोषमा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।

दोस्रो दिनसम्ममा नै माग गरिएकाे कुल इकाईको ८७ प्रतिशत भन्दा बढी इकाईका लागि आवेदन परिसकेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे ।

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।