Like us!
Follow us!

एनएमबि बैंकको नाफा बढ्दा अरू सूचक पनि चम्किए

एनएमबि बैंकको नाफा बढ्दा अरू सूचक पनि चम्किए

लगानी खबर, काठमाडाैँ - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ०.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४ अर्ब २९ कराेड ५७ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि ८७.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ  १४५ रुपैयाँ ३२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6088edc44124e.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।