Like us!
Follow us!

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिले घट्यो त ?

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिले घट्यो त ?

लगानी खबर, काठमाडाैँ - नेपाली बजारमा पछिल्लाे केही दिनबाट घटिरहेकाे सुनकाे मूल्यले आज (बुधबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । 

बुधबार सुनकाे मूल्य ताेलाकाे ७ सय रुपैयाँले घटेर  प्रतिताेला ९० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ पनि ताेलाकाे ७ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।