Like us!
Follow us!

कतिमा भयो सिंगटी हाइड्राेको पहिलाे कारोबार ?

कतिमा भयो सिंगटी हाइड्राेको पहिलाे कारोबार ?

लगानी खबर, काठमाडाैँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३०० रूपैयाँमा भएकाे छ । कम्पनीकाे ३० कित्ता सेयर प्रति कित्ता ३०० रूपैयाँमा भएकाे हाे ।

मंगलबार कम्पनीकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका SHELसंकेत प्रदान गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।