Like us!
Follow us!

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्दा अन्य सूचक के भए ?

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्दा अन्य सूचक के भए ?

लगानी खबर काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ६६.१४ प्रतिशतले बढेर ३६ करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो नाफा २१ करोड ७६ लाख १४ हजार रुपैयाँमा सिमित थियो । 

समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा ५६ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ । यो नाफा ६६.१९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ३४ करोड १८ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी ८५ करोड ३१ लाख ४८ हजार रुपैयाँ रहेको  छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले ५६ करोड २१ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेको  छ  । संस्थाको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ४५ पैसा रहेको छ । 
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:

6088e3d0676ad.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।