Like us!
Follow us!

एनआईबिएल समृद्धि फण्ड-२ मा पहिलो दिनमा कति पर्याे आवेदन ?

एनआईबिएल समृद्धि फण्ड-२ मा पहिलो दिनमा कति पर्याे आवेदन ?

लगानी खबर, काठमाडाैँ - एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोषमा पहिलो दिनमा नै आधा भन्दा धेरै आवेदन परेको छ ।

एनआईबिएल एस क्यापिटलले दिएकाे जानकारी अनुसार पहिलाे दिनमा माग गरिएकाे कुल इकाईको ५३.४४ प्रतिशत इकाईका लागि आवेदन परेकाे हाे ।

6087d87bbf948.jpg

क्यापिटलले हिजाे (वैशाख १३ गते, साेमबार) देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे । 

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस इकाईकाे बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।