लगानी खबर, काठमाडौं – केही दिनबाट लगातार ओरालो लाग्दै राताम्मै बनेको सेयर बजारले आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ । मंगलबार नेप्सेमा हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ३.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.४८ अंकले बढेर ४६७.२८ मा पुगेको छ ।
कूल २१६ वटा कम्पनीकाे १ करोड २ लाख २ हजार २ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे परिसूचकमा हरियाली छाएकाे छ ।
त्यसैगरी, आज सबैभन्दा धेरै काराेबार हुने र सबैभन्दा धेरै नाफा कमाउने दुवैमा अपर तामाकाेशीले अग्रता हासिल गरेकाे छ ।
हेराैँ आजको सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।