लगानी खबर, काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २९७.१४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११२.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ५० लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ६८४.७५ प्रतिशतले बढेर ९ करोड ४२ लाख ५७ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा एक करोड २० लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोषमा ९ करोड ४० लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६१ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।