Like us!
Follow us!

स्वाभिमान लघुवित्तको नाफासँगै अधिकांश सूचकमा सकारात्मक वृद्धि

स्वाभिमान लघुवित्तको नाफासँगै अधिकांश सूचकमा सकारात्मक वृद्धि

लगानी खबर, काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वर्षको सोहि अवधिको तुलनामा यो नाफा २११.७१ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
कम्पनीको खुद ब्याज आम्दानी ७ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्षको तुलनामा ७२.२४ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

सञ्चालन नाफा ५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ करोड ४३ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ र जगेडा कोषमा ५ करोड ६ लाख रुपैयाँ छ । संस्थाको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६६ पैसा छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:- 

6087c96bdd2d3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।