Like us!
Follow us!

सिंगटी हाइड्राेको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

सिंगटी हाइड्राेको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (वैशाख १४ गते, मंगलबार) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SHEL सिम्बाेल पाएकाे छ ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

6087c3e8f0840.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।