Like us!
Follow us!

स्वरोजगार लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक

स्वरोजगार लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ९१.६१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ७ लाख १५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३७.५४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १६ करोड ७७ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढेर ८ करोड ८३ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४१ करोड ४२ लाख रुपैयाँ, जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6087b770e8e00.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।