Like us!
Follow us!

इन्फिनिटी लघुवित्तको नाफा १८६.२९ प्रतिशतले बढ्यो, ईपीएस कति ?

इन्फिनिटी लघुवित्तको नाफा १८६.२९ प्रतिशतले बढ्यो, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो नाफा १८६.२९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ६५ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस्तै उक्त त्रैमाससम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ८६.१५% ले बढेर १९ करोड २८ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा १५ करोड २८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १६३.२४ प्रतिशतले धेरै हो । गत वर्षको सोहिअवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ८० लाख ६३ हजार रुपैयाँमा सीमित थियो ।

हालसम्म चुक्ता पुँजी २६ करोड ६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ६४ लाख २१ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा छ । 
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-   

6087b6cc465aa.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।