Like us!
Follow us!

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजाे साेमबार सुनकाे मूल्य स्थिर रहेकाे थियाे ।

मंगलबार छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य पनि ताेलामा एक सय रुपैयाँले घटेर आज ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।