Like us!
Follow us!

माछापुच्छ्रे बैंकको नाफा १०.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा १०.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०.६० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४.०८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ३ करोड ८९ लाख ९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे वितरणयोग्य मुनाफा पनि ३४९.९६ प्रतिशतले बढेर ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे वितरणयोग्य मुनाफा १८ करोड ८२ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे सञ्चालन मुनाफा पनि ९.२४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ४७ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ५ करोड ३० लाख ९४ हजार रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५६ करोड १८ लाख ७ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

608795eeb5f2e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।